नेपाली कलाकारमा कार किन्ने होडबाजी , नायिका पुजा शर्माले किनिन् ७० लाखको कार — OSNepal

नेपाली कलाकारमा कार किन्ने होडबाजी , नायिका पुजा शर्माले किनिन् ७० लाखको कार

LC (KTM) August 06, 2021 0

नेपाली सिने जगत कोरोनाका कारण बौरिन सकिरहेको छैन । फिल्महरु बनेका छैनन् । त्यसैले पनि ठुलो पर्दाका कलाकारहरु चलेका छैनन् । म्युजिक भिडीयो खेल्ने र सानो पर्दाका लागि पनि तयार रहने कलाकारले भने जे होस् खल्ती भरेकै छन् यो लकडाउनका बेला पनि ।

यतिबेला चाख लाग्दो कुरा चाही के हो भने दाम नभए पनि कलाकारले सुबिधा सम्पन्न कार किन्ने होड चाँहि जे होस् गज्जबकै चलाएका छन् । यस अर्थ हाम्रा कलाकार पनि धनि नै छन् भन्ने राम्रै सन्देश गएको छ । गायक प्रकाश सपुतले कार किने पछि सबै कलाकारले कार खरीद गर्नु आवश्यकता नभएर फेशन नै हो कि भन्ने आम बुझाइ समेत रहेको छ ।

तर जे होस् प्रकाश सपुत पछि नायक पुष्प खड्का, आकाश श्रेष्ठ लगायतले कार खरीद गरेर सामाजिक सञ्जाल तताई रहेका बेला अर्की नायिका पुजा शर्माले त्यसमा घ्यु नै थप्ने काम गरेकी छिन् । उनले पनि आज नयाँ कार किनेकी छिन् । यसको जानकारी उनले आफ्नो सामाजिक सञ्जाल मार्फत दिएकी हुन् ।

थापाथलीस्थित होन्डाइको शोरुमबाट उनले क्रेटाको यास एक्स कार खरीद गरेकी हुन् । यस्को हालसालैको बजार मूल्य करिब ७० लाख पर्न आउँछ । पूजाले नयाँ सारथी भन्दै भरपुर फोटाहरु सामाजिक सञ्जालमा हालेर देखाएकी छिन् । उनले आफ्नो कारमा आफ्नी आमालाई राखेर कुदाएकी पनि थिईन् । जे होस् नेपाली कलाकारहरुको स्तर पनि बढ्दै गएछ भन्ने अनुमान आम दर्शकहरुले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर