विपीन कार्की र मुकुन भुसालको आमनेसामने भिडन्त - ‘कर्मा’मा एक्सन अवतार — OSNepal

विपीन कार्की र मुकुन भुसालको आमनेसामने भिडन्त – ‘कर्मा’मा एक्सन अवतार

Kesh Karki (USA) March 23, 2025 0

काठमाडौं । बहुप्रतीक्षित एक्सन फिल्म ‘कर्मा’ मार्फत पहिलोपटक विपीन कार्की एक्सन भूमिकामा देखिँदैछन्। उनलाई टक्कर दिन मुकुन भुसाल खलपात्रको रूपमा प्रस्तुत हुँदैछन्। ग्रे जोन भूमिकामा केही अनुभव प्राप्त गरिसके पनि मुकुन पूर्ण रूपमा खलनायकको रूपमा पहिलोपटक देखिन लागेका हुन्।

चलचित्रका निर्देशक सौरभ चौधरी का अनुसार विपीन र मुकुनबीचको आमनेसामने भिडन्त दर्शकका लागि रोमाञ्चक अनुभव हुनेछ। टिजरमा विपीनको एक्सन झल्किएको छ भने मुकुनको एक्सन भने ट्रेलरमा खुल्नेछ। दुवै कलाकारले एक्सन सिकाइमा गहन मेहनत गरेको निर्देशक चौधरी बताउँछन्।

‘कर्मा’ कथा, प्रस्तुति र निर्माणका दृष्टिले अन्य नेपाली चलचित्रभन्दा पृथक हुने दाबी गरिएको छ। यस फिल्ममा विपीन कार्कीको अपोजिटमा उपासना सिंह ठकुरी देखिँदैछिन्। साथमा मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको संगीत भाष्कर स्वाँर ले तयार गरेका छन् भने कविराज गहतराज को कोरियोग्राफी, श्री श्रेष्ठ को द्वन्द्व निर्देशन र निमेष श्रेष्ठ को सम्पादन रहेको छ।

‘कर्मा’ आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ। अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले खरिद गरिसकेको छ।

निर्देशक चौधरीको अघिल्लो फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। यसपटकको ‘कर्मा’ ले नेपाली एक्सन फिल्मको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर