आधा दु:ख घटाएरका संगीतकार नागेन्द्र र रचनाको यती माया गरुँकी तिमीलाईमा प्रवीन र समिक्षा — OSNepal

आधा दु:ख घटाएरका संगीतकार नागेन्द्र र रचनाको यती माया गरुँकी तिमीलाईमा प्रवीन र समिक्षा

LC (KTM) March 22, 2025 0

काठमाडौँ । चर्चित गीत आधा दुख घटाएरका संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरुँकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको गीत हरेक प्रेमी जोडीहरुका लागि आफ्नो तर्फबाट उपहार भएको गायक श्रेष्ठ बताउँछन् ।

गीतकार सिएल शर्माका शब्द सृजनामा गायक श्रेष्ठ र गागिका रचना गज्जबसँग बगेको गीतको भिडियो रिलिज गरिएको छोटो समयमा नै चर्चामा छ । यही गीतबाट नागेन्द्र करिब डेढ दशकपछि गायनमा फर्किएका हुन् । हरेक वर्ष ३ देखि ४ वटा गीत आफ्नो संगीतमा बजारमा ल्याइरहेका छन् । रेडियो नेपालका पुराना गायक श्रेष्ठको यती माया गरुँकी तिमीलाई रिलिजसँर्गै चर्चामा छ । रिलिज गरेको छोटो समयमा नै उक्त गीतमा कैयौँले टिकटक बनाएका छन् भने रिल्स पनि बनाइरहेका छन् । भिडियोमा मोडलद्धय प्रबिन डिसी र समिक्षा न्यौपानेको अभिनय रहेको छ । भिडियोमा समिक्षा र प्रविन गज्जबसँग खुलेका छन् । समिक्षा र प्रविनका माध्यमबाट निर्देशक जश बहादुर याक्ख्याले आहा माया होस् त यस्तो भन्ने सम्मको अभिनय गराएका छन् ।

जसमा अभिनय, लोकेसनदेखि मेकिगंसम्मका सबै पक्षहरु शसक्त छन् । कालिन्चोकमा सुटिगं गरिएको भिडियोको छायांकन ज्ञानेन्द्र हुमागाईले र सन्तोष तिमल्सिनाले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । दिनेश न्यौपानेको मिक्सिगं तथा मास्टरिगं रहेको गीतको एरेन्ज याकुब तामागंले गरेका हुन् । गायक श्रेष्ठकै संगीत रहेको गीतको कोरियोग्राफी सन्तोष रनबाहकले गरेका हुन् । गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निकै क्रियाशील सर्जन मानिन्छन् । उनका आधा दुख घटाएर, तिमी बिना, तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घाम, लगायतका गीतहरू उनकै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन् ।

यती माया गरुँकी तिमीलाई बोलको गीतको भिडियोलाई दर्शकले रुचाएसँगै गायक तथा संगीतकार श्रेष्ठले आफ्नो खुशीको सिमाना नै नभएको बताए । भन्छन् हाम्रो सृजनालाई दर्शक श्रोताले औधी माया दिइरहनु भएको छ । यो मायाको गुन कसरी तिरौँ भइरहेको छ मलाई । यती माया गरुँकी तिमीलाई बोलको गीतको बर्णन गर्दा उनले गीतकार सिसएल शर्मालाई पटक पटक सम्झिए । भन्छन् सिएल भाईको रचनामा म सँधै डुब्छु । उहाँका गीतमा जीवन प्रेम र जिन्दगी जिउने उर्जा मिल्छ ।

एउटा मानिस खुशी भएर बाँच्नु नै उसको जीवनको सार्थकता हो जस्तो मलाई लाग्छ । र आज त्यही माया र चोखो प्रेमको कथा हो यती माया गरुँकी तिमीलाईको भिडियो । हाल हगंकगंमा परिवारसहित बस्दै आएका गायक तथा संगीतकार श्रेष्ठ हालै नेपाल आएका थिए । नेपाल आएको मौकामा हामीसँगको कुराकानीका क्रममा उनले आफ्नो रोचक प्रेम कहानीको रमाइलो किस्सा समेत बाँडेका थिए । जहाँ उनले आफ्नो प्रेम पाउनका लागि गरेको त्याग र सर्पपण कुनै फिल्मको कहानी भन्दा कम नभएको बताउँछन् । तर पनि संगीत र प्रेमलाई सँगसँगै अघि बढाएका उनका कालजयी गीतहरु टाढा धेरै टाढा, चाँदनीमा बग्छ खोलो, हाँसेर बोल बैनी तिहारको बेलैमा, लगायतका कैयौँ गीतहरु चर्चित छन् ।

संगीतमा लागेर राम्रो इज्जत, प्रतिष्ठा कमाएको बताउँछन् गायक तथा संगीतकार श्रेष्ठ । भन्छन् पैसा त मनग्य छैन सांगीतिक क्षेत्रमा तर पनि दर्शक स्रोताले नागेन्द्र श्रेष्ठ भनेर चिन्नुहुन्छ । यो नयाँ गीत गाउँदा विश्वभरका नेपालीले राम्रो प्रतिक्रिया दिनुभएको छ । हामी कलाकारहरूलाई थोरै पैसा धेरै माया चाहिन्छ । भोलिका दिनमा अझ रचनात्मक तरिकाले अगाडि बढ्दै छु । मेरा नयाँ गीतहरू आउँदैछन् । अझ यो गीतलाई दर्शकमाझ पु¥याउनुछ । किनकि यो गीतमा साँच्चिकै जीवन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर