पहिलो पटक सुत्केरीले कोरोनाबाट ज्यान गुमाएपछि सुरु भएको कोरोना आतंकबाट ज्यान गुमाउनेको संख्या आजबाट १० हजार नाघ्यो — OSNepal

पहिलो पटक सुत्केरीले कोरोनाबाट ज्यान गुमाएपछि सुरु भएको कोरोना आतंकबाट ज्यान गुमाउनेको संख्या आजबाट १० हजार नाघ्यो

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २५ जनाको ज्यान जाँदा नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ जना स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक गत वर्षको जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीले कोरोना सक्रमणबाट ज्यान गुमाएकी थिइन् । आज जम्मा १ हजार ८८५ जना मात्र कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर