यस्तो छ फुटबलका स्टार खेलाडी मेस्सीको जिवन शैली , अचम्मको प्राइबेट बिमान , सुबिधा सम्पन्न होटल, महंगो कार — OSNepal

यस्तो छ फुटबलका स्टार खेलाडी मेस्सीको जिवन शैली , अचम्मको प्राइबेट बिमान , सुबिधा सम्पन्न होटल, महंगो कार

LC (KTM) August 06, 2021 0

अर्जेन्टिनाका सुपरस्टार फुटबल खेलाडि लियोनेल मेसी बार्सिलोना क्लबका लागि खेलिरहेका थिए । अब यस क्लबले उनी संगको संझौता अघि बढाएन र जसका कारण मेसीको बार्सिलोना क्लब संगको २१ बर्ष पुरानो सम्बन्ध सकिएको छ । उनको आधुनिक जिवनशैलीको बारेमा आज हामी तपाईलाई जानकारी दिदैछौ ।

दुनियाभरका फुटबल खेलाडीको एकदमै शोखिन जिवन शैली रहेको छ । यद्यपी मेसी तुलनात्मक रुपमा एकदमै साधारण जिवन ब्यतित गर्न रुचाउँने गरेका छन् । मेसीको जन्म अर्जेन्टिनामा भए पनि बार्सिलोना संग आबद्ध भएर खेलेका कारण उनले स्पेनमै आफ्नो घर तथा ब्यवसाय बनाएका छन् । उनको बार्सिलोनाको कास्टेलडेफल्स मा एकदमै सुन्दर घर रहेको छ ।

मेसीको घरमा सानो फुटबल पिच, स्वीमिंग पुल, इण्डोर जिम तथा यस बाहेक बच्चाका लागि खेलमैदान पनि रहेको छ । यो घरबाट अगाडि बालेरिक समुन्द्रलाई देख्न सकिन्छ । यस बिशेष समुन्द्र देखिने घरको मुल्य ५.५ मिलियन पाउण्डस् अर्थात ५५ करोड रुपैया रहेको छ । मेसी संग आफ्नै प्राइबेट जेट रहेको छ जस्को मुल्य १ अरब २३ करोड रुपैया रहेको छ ।

मेसीले आफ्नो प्राइबेट जेटको पछाडि नम्बर १० पनि लेखेका छन् । यस बिमानलाई अर्जेन्टिनाको एक कम्पनीले तयार पारेको थियो । यस बिमानमा मेसीकी पत्नी तथा उनका बच्चाहरु थियागो, सिरो तथा मतेओको नाम लेखिएको छ । यस बिमानमा एकदमै स्पेशल फिचर्सहरु रहेका छन् । जेट भित्रै किचन, दुई वटा बाथरुम , १६ जना बस्न मिल्ने सुबिधा छ ।

जेट भित्र यस्ता कुर्सी पनि छन् जसलाई फोल्ड गर्दा ८ वटा बेड बनाउन सकिन्छ । यस प्राइबेट जेटलाई मेसीले किनेको हैन लीजमा लिएका छन् । त्यस्तै मेसीले होटलमा पनि लगानी गरेका छन् । उनी संग फोर स्टार होटलहरु छ जस्मा ७७ वटा बेडरुम रहेको छ भने समुन्द्र बाट १०० मिटर दुरीमा यो होटल रहेको छ ।

यस होटलमा बसेको एक रातको मुल्य १०५ पाउण्ड्स रहेको छ । मेसी संग धेरै सुबिधा सम्पन्न आधुनिक कारहरु समेत रहेका छन् । उनलाई भने खासमा मासेराटी कार मनपर्ने गरेको छ । उन संग ग्रैनटुरिज्मो तथा ग्रैनटुरिज्मो एमसी स्ट्रेडल मोडल पनि रहेको छ । त्यस्तै कहिले काही मेसी आफ्नो फरारी एप ४३ स्पाइडरमा समेत देखिने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर