पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८१ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं संस्करणको अवार्डका लागि आवेदन आहृवान गरिएको थियो ।
यस संस्करणको अवार्ड यही चैत १२ (२५ मार्च)मा थाइल्याण्डमा एक विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ । अवार्ड समारोह बैंककमा जान असमर्थ हुने स्रष्टा स्रजकलाई काठमाडौंमा विशेष समारोहबीच अवार्ड प्रदान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो ।
अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्याउनुभएका विशिष्ट गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । साथै गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह र वरिष्ठ गायिका ज्ञानु राणालाई प्रदान गरिएको थियो ।
पाँचौ हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच
१ आधुनिक तथा पप गायक
१) प्रमोद खरेल-लै लै
२) स्वरूपराज आचार्य-नआइदे याद
३) टेक बिसी-नजरमा नजर
४) सिडी विजय अधिकारी-हेरौ हेरौ लाग्छ
५) चेतन राई-घुम्दै जाँदा
२) आधुनिक गायिका
१) ईश्वरी बराल-नैना रेसम
२) पूजाना काफ्ले -चुपचाप
३) रोजिना वस्नेत- तिमी विना
४) सुमन मानन्धर -हाम्रो माया
५) निरा थापा मगर-वैशले मार्यो
३ आधुनिक गीतकार
१) हरिभक्त बुढाथोकी-नजरमा नजर
२) कृष्ण केसी – लै लै
३) शान्तिप्रिय- ओए माया ओए
४) प्रकाश सुवेदी – नआइदे याद
५) गितकार नारायण भारति – झुटो बोल्दैन
४ निर्देशक
१) केशव कोइराला-जुनको किरण
२) मौसम हिमाली-निरीमायाको
३) प्रकाश धिताल-मनै फरर
४) राज लुइटेल-माया गर्यौ
५) राजु शेर्मा-कालो प्रकाश
५) संगीतकार
१) सन्तोष श्रेष्ठ-नयाँ बाटो
२) भीम बिसी-रिती जाने पैसा
३) जीवन शर्मा-सुने मैले
४) सूर्य काश्यप -हाँसो खुसी
५) धुर्ब विश्को -माझी दाई
६) संगीत संयोजन
१) रिदम कडेल-तिम्रो याद
२) योगेश काजी-लैलै
३) शाश शाक्य -मनै फरर
४) राजु कार्की-हेरौं लाग्छ
५) कृष्ण थापा-गरिबीको मर्म
७) लोक तथा दोहोरी गायक
१) माधव भण्डारी -यस्तै रित हो
२) मिठाराम केसी-ललितपुरे दाई
३) गोविन्दमधुर आचार्य-निरी मायाको
४) मिलन सुवेदी-बुलबुले तालैमा
५) सुरेश शाही-निरमाया
८) गायिका लोक तथा भाषा भाषी
१) शान्तिश्री परियार-निरीमायाको
२) करुणा राई-परदेशीको दुःखी जीवन
३) रिता बुढाथोकी-मुसुक्क
४) अन्जु विश्वकर्मा-तिमीलाई छोडी
५) मन्जु लावती-आम्बि (पालाम)
९) लोक तथा दोहोरी शब्द
१) शिशिर योगी-मनै फरर
२) शंकर बराइली-परदेशिको दुखी जीवन
३) कृष्ण आचार्य-निरिमायाको
४) मनोज सिह धामी -दोहोरी गाउछु
५ मिठाराम खत्री केसी- ललितपुरपुरे दाई
१०) भिडियो सम्पादक
१) लोकेश भाट-गुमेका चिज
२) राजेश कुमार- बाँच्दिन म
३) पुजन लामिछाने – दशैँ आयो
४) बिनोद बम-दिल रोएको बेला
५) ओम प्रसाई-एउटा मान्छे नरिसाए
११) नव मोडल लोक पप आधुनिक
१) कृष्ण बम-साइला दाई
२) मुकेश गुरुङ-तिमी बिना
३) नारायण विश्वकर्मा-आफ्नै स्वार्थ
४) साजन नेपाल-सातै सुर
५) संजीव मगर -लेभल मिलेन
१२) लोक पप आधुनिक मोडल महिला
१) स्मारिका ढकाल-मनै फरर
२) एलिना थपलिया-यो मनको कुनामा
३) अलिसा शर्मा-झुम्के फुली
४ सिला गजुरेल-चुपचाप
५) निरा थापा मगर – आमा तिम्रो
१३) पुरुष मोडल
१) बिराज बास्कोटा-कालो प्रकास
२) रमेश चन्द सोडारी- मेरो हजुर
३) सुरेस कोली-नैना रेसम
४) कृष गुरुङ- जालमा नपारी
५) स्रमाट अधिकारी- टुनामुना
१४) नव गायक/गायिका
१) वसन्त गजुरेल-कपाल मिलाउदै
२ आरके विवश-बिदेशी संकार
३) पवित्रा सिलवाल-विदेशी सकार
४) संगीता पंगेनी-मनको मझेरी
५) दिया दुलाल-गरिवको मर्म