विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता — OSNepal

विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता

Kesh Karki (USA) August 06, 2021 0

गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता भएको छ । विद्यार्थीलाई विभिन्न उद्योग तथा व्यवसायमा तालिम, अध्ययन र अवलोकनका लागि सघाउने उद्देश्यले सङ्घका अध्यक्ष जगनाथ महर्जन र क्याम्पस प्रमुख शिवराज सञ्जेलले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष महर्जनले यस क्याम्पसमा स्नातक तथा स्नातकोतर तहमा अध्ययनरत विद्यार्थीलाई बैंक, होटल, कृषि आदि क्षेत्रका काममा प्रशिक्षण दिलाएर रोजगारीका लागि समेत वातावरण तयार गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोदावरीभित्रका सयौँ औद्योगिक प्रतिष्ठानमा क्षमता हेरी विद्यार्थीलाई काम गर्न पठाइनेछ । यसबाट विद्यार्थीमा कामको खोजी गर्ने झण्झट हुँदैन ।”

क्याम्पस प्रमुख सञ्जेलले अध्ययनरत विद्यार्थीलाई काममा लगाउनाका साथै विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्नसमेत पठाइने बताउनुभयो । उहाँले भन्नुभयो, “ अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रमा अब्बल गराउन नगरपालिका, बैंक र सहकारी गरी १३ संस्थासँग पनि सम्झौैता गरिसकेका छाँै ।”
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले समृद्ध गोदावरीको अभियान साकार पार्नका लागि यस कार्यले मलजल थप्ने विश्वास व्यक्त गर्नुभयोे । उक्त क्याम्पसमा स्नातक तथा स्नातकोतर तह अध्ययन गर्ने ६५० विद्यार्थीमध्ये १५० ले आफ्नो पेशा अपनाइसकेका र कोही आफ्नै काममा आबद्ध रहेकाले बाँकीले उक्त अवसर पाउने भएका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर