राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, बैठक आज बस्ने — OSNepal

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, बैठक आज बस्ने

LC (KTM) March 16, 2025 0

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पु¥याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर