स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने केसीको माग पदमुक्त नगरे भदौ ३ गतेबाट अनशन सुरु गर्ने चेतावनी — OSNepal

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने केसीको माग पदमुक्त नगरे भदौ ३ गतेबाट अनशन सुरु गर्ने चेतावनी

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने डा। गोविन्द केसीले माग राखेका छन् ।

आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै डा केसीले श्रेष्ठलाई पदमुक्त नगरे भदौ ३ गतेबाट अनशन थाल्ने घोषणा गरेका छन् ।

पछिल्लो समय सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरू कसरी धराशायी बनाइएको छ भन्ने उदाहरण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न पुगेको बताएका केसीले विज्ञप्तीमा भनेका छन्, ‘निजी मेडिकल कलेजका सञ्चालकलाई प्रतिष्ठानको उपकुलपति बनाएर पठाउँदा उनले कसरी निजी संस्थाहरूलाई पोस्न प्रष्तिष्ठान डुबाएका छन् भन्ने अब छरपस्ट भइसकेको छ।

साथै उनले यस अघि सरकारसँग भएका सहमति पनि यथासक्य कार्यान्यन हुन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर