मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न — OSNepal

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

LC (KTM) March 14, 2025 0

जनकपुर, १ चैत : मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ ।

जनकपुरधामको अनुमान गढीबाट फाल्गुन शुक्लपक्ष प्रतिपदा तिथिबाट सुरु भएर फाल्गुन पूर्णिमासम्म चल्ने मिथिला मध्यमा परिक्रमामा यसपटक लाखौँ तीर्थयात्री सहभागी भएका छन् । मिथिला मध्यमा परिक्रमामा १४ दिन सहभागी हुनेहरू अनिवार्य रूपमा अन्तरगृह परिक्रमामा सहभागी हुनुपर्ने चलन रहेकाले अन्तरगृह परिक्रमामा सहभागी भएर घर फर्केको हो ।

परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए । परिक्रमाका तीर्थयात्रीहरूले नेपालका एक सय सात र भारतको २६ गरेर एक सय ३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा तय गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर