कटुवा पेस्तोल र भरुवा बन्दुक सहित पक्राउ परे ५० वर्षीय पुरुष — OSNepal

कटुवा पेस्तोल र भरुवा बन्दुक सहित पक्राउ परे ५० वर्षीय पुरुष

LC (KTM) August 06, 2021 0

बाँके २२ साउन । कटुवा पेस्तोल र भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका ६ दोन्द्रागाँउ बस्ने ५० वर्षीय छोटेलाल राढ रहेका छन् ।

निजलाई हिजो बिहिबार साँझ लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरीले सोही स्थनबाट १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रा सहित पक्राउ गरेको हो ।

हातहतियार बिक्री भइरहेको सुचनाको आधारमा त्यस स्थानमा पुगेको प्रहरीले राढलाई पक्राउ गर्न सफल भएको हो । यस विषयमा प्रहरलिे थप अनुशन्धान गरिहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर