दलबहादुरले बोकेको झोलामा प्रहरीले फेला पार्यो हात्तीको २ वटा दाँत — OSNepal

दलबहादुरले बोकेको झोलामा प्रहरीले फेला पार्यो हात्तीको २ वटा दाँत

LC (KTM) August 06, 2021 0

बाँके २२ साउन । हात्तीको दाँत सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका ५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका ३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।

निजहरुलाई जिल्लाको बैजनाथ गाउँपालिका ६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा दलबहादुरले बोकेको झोलाबाट उक्त वस्तू फेला पारेको थियो । पक्राउ परेकाहरु माथि प्रहरीले थप अनुशन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर