गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि गुठी युनाइटेडलाई — OSNepal

गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि गुठी युनाइटेडलाई

LC (KTM) March 09, 2025 0

गण्डकी-गण्डकी प्रदेशस्तरीय ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि ग्रेस गुराँस गुठी युनाइटेड क्लबले जितेको छ । बागलुङ जेसीजद्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा बागलुङ सुधार केन्द्रलाई टाइबे्रकरमा पराजित गर्दै युनाइटेड क्लबले तेस्रो संस्करणको जेसीज कप उपाधि जितेको हो ।

बाङ्गेचौर खेलमैदानमा भएको खेलको निर्धारित समयमा दुवै तर्फको एक÷एक गोलको बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो । टाइबेकरमा साविक विजेता बागलुङ सुधार केन्द्रविरुद्ध ४–३ गोलको जित निकाल्दै युनाइटेड क्लबले उपाधि जितेको हो । खेलको दोश्रो हाफको ५६औँ मीनेटमा गुठीका विराज खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटमै बागलुङ सुधार केन्द्रबाट खेलेका अफ्रिकन खेलाडी अबेक रिचार्जले गोल फर्काएर खेललाई बराबरी गरे ।

अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो । विजेता गुठी युनाइटेड क्लबले रु दुई लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता बागलुङ सुधार केन्द्रले रु एक लाख नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिता अवधिभर विधागत रूपमा उत्कृष्ट खेल्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो । गण्डकी प्रदेशसभाका सदस्य दीपेन्द्रबहादुर थापाले विजेता खेलाडीलाई ट्रफी प्रदान गर्नुभयो । प्रतियोगितामा ११ टोलीले भाग लिएका बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर