महिला टी–२० आई शृङ्खलाः नेपालद्वारा नामिबियाविरुद्ध पहिले ‘ब्याटिङ’ — OSNepal

महिला टी–२० आई शृङ्खलाः नेपालद्वारा नामिबियाविरुद्ध पहिले ‘ब्याटिङ’

LC (KTM) March 08, 2025 0

काठमाडौँ, २४ फागुनः युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ‘ब्याटिङ’ गरेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज टस जितेर नेपाली महिला टोलीले पहिला ब्याटिङ गरेको हो । नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, एलिशाकुमारी यादव, साना प्रवीण र रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन् ।

उक्त शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नामिबिया र हङकङ सहभागी छन् । सबै टोलीले एकअर्कासँग सामान दुई÷दुई खेल खेल्नेछन् । नेपालले फागुन २५ गते युगान्डासँग, फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर