काठमाडौँको नागार्जुन बस्ने माइलीले गर्थिन् यस्तो धन्दा थाहा पाएर प्रहरी जाँदा फेला पर्यो यी वस्तु — OSNepal

काठमाडौँको नागार्जुन बस्ने माइलीले गर्थिन् यस्तो धन्दा थाहा पाएर प्रहरी जाँदा फेला पर्यो यी वस्तु

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । संरक्षित वन्यजन्तुका अखेटोपहारसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको अवैधरुपमा ओसारपसार गरी बेचबिखन गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले पुतुवारलाई रातमाटेबाट पक्राउ गरेको हो ।

लुकाई राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा बरामत भएको प्रहरीले जनाएको छ । निजलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

कसुर गरेको प्रमाण पुष्टि भए निजलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर