माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् बैठकका एजेण्डा — OSNepal

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् बैठकका एजेण्डा

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । नेकपा माओवादी केन्द्रले आज अपरान्ह्र चार बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । सरकारमा सहभागी मन्त्रीको विषयमा थप छलफल गर्न बैठक बोलाएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन दलका शिर्ष नेताहरुलाई जिम्मा दिएसँगै केन्द्रका अध्यष प्रचण्ड निरन्तर छलफलमा लागि परेका छन् ।

समसामयिक राजनीतिक विषय वस्तुमा समेत बैठकमा छलफल गरिने बताइएको छ । सबैले आफुलाई मन्त्री पद दिन आग्रह गरेपछि आफु तनावमा रहेको समेत प्रचण्डले केहि दिन अगाडी बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर