साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति विमोचन — OSNepal

साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति विमोचन

LC (KTM) February 23, 2025 0

काठमाडौँ- साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित चार कृति एकसाथ विमोचन गरिएका छन् ।साहित्यकार श्रेष्ठद्वारा नेपाली भाषामा लिखित ‘अल्झिएका धागाहरु’ कथासङ्ग्रह, ‘रङ्गीचङ्गी फूलहरुले सजिएका फूलबारी’ लघुउपन्यास, नेपाल भाषामा लिखित ‘घट चियाया’ कथासङ्ग्रह र अङ्ग्रेजी भाषामा लिखित ‘नेचर’ लघुउपन्यासको विमोचन गरिएको हो । ती कृतिको पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइराला, जनमत प्रकाशनका अध्यक्ष मोहन दुवाल र कथाकार लोचन तारा तुलाधरले संयुक्त रूपमा आज विमोचन गर्नुभएको हो ।

श्रेष्ठद्वारा लिखित ‘अल्झिएका धागाहरू’ मा विविध विषयवस्तु र जीवनका अनुभूतिलाई समेटिएका ५० कथा समेटिएका छन् । दोस्रो कृति ‘रङ्गीचङ्गी फूलहरूले सजिएका फूलबारी’ लघुउपन्यासमा पारिवारिक सद्भाव, समन्वय र आपसी मेलमिलाप तथा सकारात्मक सोचलाई मुख्य विषय बनाइएको लेखक श्रेष्ठले बताउनुभयो ।

नेपाल भाषामा प्रकाशित तेस्रो कृति ‘घुटु चियाया’ कथा सङ्ग्रहमा मानव समवेदना, प्रकृति, कला र संस्कृतिका ६० कथा समेटिएका छन् भने चौथो अङ्ग्रेजी कृति ‘नेचर’ लघुउपन्यासमा प्रकृति प्रेम, प्राकृतिक सौन्दर्यलगायत नेवारी समुदायका संस्कृति र रीतिरिजावबारे लेखिएको छ । उहाँले यसअघि पनि चार लघुउपन्यास प्रकाशित गरिसक्नुभएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर