महाधिवेशनको मिति नजिकिदै गर्दा पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला — OSNepal

महाधिवेशनको मिति नजिकिदै गर्दा पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।

तोकिएको समयमा नै महाधिवेशन गर्नुपर्छ भन्दै आएको पौडेल पक्षले महाधिवेशनको मिति नजिकिदै गर्दा आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

उपत्यकामा भएको सभापतिहरु सँग पटक पटक छलफल गरेपछि सहभागीले अन्य जिल्लाका सभापतिहरुसँग पनि छलफल गर्नुपर्ने सुझाव दिएपछि पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

जिल्ला सभापति भेला कहिले कहाँ गर्ने भन्ने विाष्यमा भने स्पष्ट नभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर