आजदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्राको अभियान सुरु — OSNepal

आजदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्राको अभियान सुरु

LC (KTM) August 06, 2021 0

काठमाडौं- देशभर भेरोसेल खोपको दोस्रो मात्राको अभियान आजदेखि सुरु भएको छ । सरकारले । आजदेखि पहिलो मात्रा लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो मात्राको खोप दिन थालेको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ।

पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ। उक्त कार्ड र विद्युतीय दर्ता नम्बर लिएर आफूलाई सजिलो हुने खोप केन्द्रमा पुगेर खोप लगाउन सकिने छ।

स्थानीय स्वास्थ्य चौकी, विद्यालय र खुल्ला ठाउँमा केन्द्र स्थापना गरेर दोस्रो मात्राको खोप लगाइने छ। काठमाडौंका सबै पालिकालाई खोप केन्द्र तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर