अन्तत मेस्सीले बार्सिलोना छाड्ने भए, रातारात निकाले यस्तो विज्ञप्ति — OSNepal

अन्तत मेस्सीले बार्सिलोना छाड्ने भए, रातारात निकाले यस्तो विज्ञप्ति

LC (KTM) August 06, 2021 0

काठमाडौँ । विश्वचर्चित फुटबलर लियोनल मेस्सीले बार्सिलोना छाड्ने तयारी गरेका छन् । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका मेस्सीले बिहिबार राति आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै बार्सिलोनाला छाड्ने जनाएका हुन् । मेस्सीले यसअघि पनि पटक पटक बार्सिलोना छाड्ने चर्चा चलीरहेको भएता पनि अहिले बार्सिलोनासँग मेस्सीको करार समाप्त भइसकेका कारण मेस्सीले क्लब छोड्न लागेका हुन् ।

बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत पनि भएको थियो । तर, ला लिगाको नियम अनुसार अनुबन्धन सफल हुन नसकको बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।

लामो समयको कसरत पछि दुई पक्षबीच सहमति बनेको थियो । तर, बार्सिलोनामा अन्य खेलाडीले तलब घटाउन नमान्नु र ट्रान्सफर बजारमा अपेक्षित निर्णय हुन नसक्दा मेस्सीले क्लब छोड्नुपर्ने स्थिति आएको अन्तटराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर