पुर्व कप्तान पारष खड्काले अन्र्तराष्ट्रिय क्रिकेट बाट सन्यास लिए पछि क्रिकेट जगत नै हल्लिएको छ । धेरैले पारषले अझै केही समय नेपालका लागि खेल्नु पर्ने बताएका छन् भने कतिपयले सही समयमा सही निर्णय पनि भनेका छन् ।
उनको राजीनामा संगै सेप्टेम्बर दोस्रो साताबाट ओमानमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिज हुने भएको छ । यसका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास समेत सुरु गरिसकेको छ ।
मौषम तथा कोरोनाको महामारीका कारण अभ्यासको अवस्था प्रतिकूल भइरहे पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन् । पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । सबै खेलाडीहरुले अभ्यास सुरु गरिसकेका छन् ।