आजको तापक्रमको असर टोकियो ओलम्पिकमा देखियो , आज हुने भनिएको महिला फुटबलको फाइनल खेल गर्मीका कारण भोलीका लागि सारीयो — OSNepal

आजको तापक्रमको असर टोकियो ओलम्पिकमा देखियो , आज हुने भनिएको महिला फुटबलको फाइनल खेल गर्मीका कारण भोलीका लागि सारीयो

LC (KTM) August 05, 2021 0

आजको तापमान सबैले अनुभव गरेकै हो । आज अत्याधिक गर्मी थियो । यहि गर्मीको असर जापानको टोकियोमा चलिरहेको टोकियो ओलम्पिकमा समेत परेको छ । टोकियोमा तापक्रम अत्याधिक बढेपछि ओलम्पिकमा महिलातर्फको फुटबलको उपाधी भिडन्त नै रोक्नु पर्ने स्थिती आयो ।

आजको लागि तोकिएको क्यानडा र स्विडेनबीचको स्वर्ण पदकको भिडन्त भोलीका लागि सारिएको अन्तर्राष्ट्रिय ओलिम्पक कमिटी आईओसीले जनाएको छ । भोलीको खेल योकोहामामा बेलुकी पख खेलाइने आईओसीले जनाएको छ ।

केही दिन देखी नै टोकियोमा गर्मी अत्याधिक बढिरहेकोले फाइनलमा पुगेका दुबै टोलीले खेल सार्न अनुरोध गरे पनि आईओसीले भने अटेरी गर्दै आएको थियो । तर आज तापक्रम यति धेरै बढ्यो कि त्यसको प्रत्यक्ष असर खेलाडीमा पर्ने पक्का भएपछि आईओसीले फुटबलको फाइनल खेल भोलीका लागि सारेको जनाएको छ ।

तर आज तेस्रो स्थानका लागि अष्ट्रेलिया र अमेरीकाबीचको खेल भनेको संचालन गरिएको थियो । अमेरीकाले यस खेलमा कास्य पदक हत्याउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर