काठमाडौँ । नेपाल बैंक लिमिटेडको संचालक समिति अध्यक्ष चन्द्र बहादुर अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनिमाथि नेपाल बैंक कर्मचारी यूनियनले बैंकको श्रोत साधनको चरम दुरुपयोग गरि आर्थिक अनियमितता गरेको आरोप लगाएको हो ।
यूनियनले अधिकारीमाथि विभिन्न आरोप लगाउँदै आन्दोलन सूरु गरेको छ । यूनियनले कालो व्यानर राखि उनको राजिनामा समेत माग गरेको छ । ९ बुँदे माग राख्दै यूनियनले आन्दोलन सूरु गरेको हो ।
यूनियनले अधिकारीले विधि, प्रक्रिया र नियमको उल्लंघन गरेर काम गरेको जनाएको छ । बंैकको श्रोत र साधनको चरम दुरुपयोग गरेको, बैंकको खराब कर्जा असुली र व्यवसाय विस्तारमा ध्यान नदिएको, समयमै वार्षिक साधारण सभा सम्पन्न गर्न नसकेको जस्ता आरोपहरु यूनियनले अधिकारी माथि लगाएको हो ।
अधिकारीले पदीय मर्यादा विर्सेर काम गरेको यूनियनको आरोप छ । लमजुङ घर भएका अधिकारी स्वतन्त्र संचालकका रुपमा २०८०–५–११ गते नियुक्त भएका थिए । लगत्तै उनि २०८०–०६–०२ मा अध्यक्षमा नियुक्त भए । उनि काँग्रेस निकट रहेको एक कर्मचारीले बताए ।