दातृ राष्ट्रको सहयोग अपरिहार्य - पूर्वअर्थमन्त्री पाण्डे — OSNepal

दातृ राष्ट्रको सहयोग अपरिहार्य – पूर्वअर्थमन्त्री पाण्डे

LC (KTM) January 31, 2025 0

जनकपुर, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको विकासमा योगदान दिने अन्तर्राष्ट्रिय निकाय तथा दातृ राष्ट्रको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।

मधेस प्रदेशसभाको सातौँ वार्षिकोत्सवका अवसरमा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा उहाँले विश्वको भू–राजनीतिकको प्रभाव नेपालजस्तो राष्ट्रमा पर्नु स्वाभाविक भएको बताउनुभयो । उहाँले नेपालको कूल आम्दानीले साधारण खर्च गर्नमात्र पुग्ने भएकाले विकासको काम गर्न विदेशी अनुदान, विदेशी सहयोग तथा ऋण लिनुपर्ने नेपालको बाध्यता भएको बताउनुभयो ।

नेपालको व्यापार घाटा कम गर्न विद्युत् ऊर्जाको विकास तथा भारतमा निर्यातसम्बन्धी सम्झौता महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रियामा प्रदेशको आर्थिक विकासका लागि मार्गप्रशस्त गर्नुका साथै सङ्घको ध्यानाकर्षण गर्नमा मद्दत पुग्ने बताउनुभयो ।

अर्थविद् प्राध्यापक डा भोगेन्द्र झाले नेपालमा अर्थ राजनीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रदेश तथा देशको समृद्धि र विकासका लागि अर्थ राजनीतिक सन्तुलित रूपमा हुन आवश्यक भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर