हुम्लाका बालिकामा फुटबलप्रति बढी रुचि — OSNepal

हुम्लाका बालिकामा फुटबलप्रति बढी रुचि

Kesh Karki (USA) August 05, 2021 0

पछिल्लो समय हुम्लाका बालबालिकामा फुटबलप्रति रुचि बढ्दै गएको छ । यही साउन १५ गतेबाट सदरमुकाम सिमकोटमा फुटबल एकेडेमीद्वारा सञ्चालन भइरहेको खेलमा बालक भन्दा बालिकाको सक्रियता बढी देखिएको छ ।

फुटबल खेलाडीका लागि सञ्चालन भइरहेको तालीममा बालकको भन्दा बालिकाको सक्रिय सहभागिता बढी रहेको फुटबल एकेडेमी हुम्लाका अध्यक्ष विष्णुबहादुर रावतले बताउनुभयो । सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका बजारवासी, तल्लो गाउँ, माथिल्लो र आसपास गाउँका बालबालिकाले फुटबल खेलको तालीम लिइरहेको उहाँले जानकारी दिनुभयो ।

साउन १५ गतेदेखि बिहान, दिउँसो र साँझ फुटबल तालीम नियमित सञ्चालन भइरहेको बताइएको छ । बिहानको समयमा ३० बालक सहभागी हुने गर्दछन् भने दिउँसो त्यो भन्दा दोब्बर एक सय बढीको सङ्ख्यामा बालिका सहभागी हुने गरेका अध्यक्ष रावतले बताउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर