स्यान फ्रान्सिस्को । स्यान फ्रान्सिस्कोमा आयोजित पासपोर्ट कन्सुलर सेवा क्याम्प सफलतापूर्वक सम्पन्न भउको छ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासद्वारा आयोजित पासपोर्ट कन्सुलर सेवा क्याम्पमा १,५०६ नेपाली नागरिकहरूले सेवा लिएका छन् । नेपाली नागरिकहरूलाई पासपोर्ट नविकरण तथा नयाँ पासपोर्ट प्राप्त गर्न सहज बनाउने उद्देश्यले आयोजित यस क्याम्पलाई समुदायबाट उत्साहजनक समर्थन प्राप्त भएको । नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया नान्स र गैरआवासीय नेपालीस संघ क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।
क्याम्पको सफलतामा स्वयंसेवकहरू र दूतावासका अधिकारीहरूको महत्त्वपूर्ण योगदान रहेको आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरी ओझाले बताए । समापन समारोहमा दूतावासका प्रतिनिधिहरूले क्याम्पलाई सफल बनाउन अहोरात्र खटिएका स्वयंसेवकहरू, आयोजक टोली तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । क्याम्पको मुख्य उद्देश्य नेपाली नागरिकहरूलाई समयमै पासपोर्ट सेवा उपलब्ध गराउनु थियो।
नेपाली समुदायको साथ र समर्थनले यो कार्यक्रम अत्यन्त सफल रह्यो दूतावासका एक अधिकारीले बताए। अमेरिकामा रहेका नेपाली समुदायबाट यस्तो क्याम्प अन्य शहरहरूमा पनि आयोजनाको माग बढ्न थालेको छ। दूतावासमा पुग्न लाग्ने समय र खर्च र समयका हिसाबले शिविरबाट धेरै नै लाभ लिइरहेका छन् । शिविर विशेषगरी जेष्ठ नागरिक र असक्तहरुलाई लक्षीत गरी आयोजना गरिएको र काममा व्यस्त भएका युवाहरुले पनि यही मौकामा सेवा लिइरहेका कारण यो सेवा निकै नै प्रभावकारी बन्न पुगेको स्यान फ्रान्सिस्कोमा रहेका नेपालीहरुले बताएका छन् ।