‘सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्’ - सभामुख — OSNepal

‘सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्’ – सभामुख

LC (KTM) January 30, 2025 0

काठमाडौँ, १७ माघः सभामुख देवराज घिमिरेले सोनाम ल्होसार आपसी एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न प्रेरणाप्रद बनोस् भन्ने कामना गर्नुभएको छ ।

सोनाम ल्होसारका अवसरमा आज जारी शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको हो ।

“नेपाल बहुसांस्कृतिक राष्ट्र हो, जहाँ हरेक जातजातिका चाडपर्वले नेपाली समाजलाई समृद्ध बनाएका छन्”, शुभकामना सन्देशमा भनिएको छ, “ल्होसारजस्ता पर्वहरूले विविध नेपाली समुदायहरूबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर