टोकियो ओलम्पिकको महिला फुटबलको कास्य पदक अमेरिकालाई , स्वर्णका लागि स्विडेन र क्यानडा भिड्दै — OSNepal

टोकियो ओलम्पिकको महिला फुटबलको कास्य पदक अमेरिकालाई , स्वर्णका लागि स्विडेन र क्यानडा भिड्दै

LC (KTM) August 05, 2021 0

जापानको टोकियोमा चलिरहेको टोकियो ओलम्पिकको महिला फुटबलको कास्य पदक अमेरिकाले जितेको छ । आज तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा अष्ट्रेलियालाई हराउँदै अमेरिकी महिला टोलिले कास्य पदक हात पारेको हो ।

आज भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई ४–३ गोल अन्तरले स्तब्ध बनाएको हो । चार पटकको स्वर्ण पदक बिजेता अमेरिका यस पटक भने कास्यमै चित्त बुझाउन बाध्य भएको छ । यसअघि अमेरिकाले सन् १९९६, २००४, २००८ र २०१२ को ओलम्पिकमा महिला फुटबलतर्फ स्वर्ण जितेको थियो ।

तर सन् २००० को संस्करणमा जितेको अमेरिका चार वर्षअघि भएको रियो ओलम्पिकमा भने सेमिफाइनल सम्म पनि पुग्न असफल भएको थियो । टोकियो ओलम्पिकको महिला फुटबलको उपाधीका लागि भने यस पटक स्विडेन र क्यानडा भिड्दैछन्। स्वर्ण हात पार्नका लागि हुने यी दुबै टोली बिचको भिडन्त शुक्रबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर