सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन यादवको आग्रह — OSNepal

सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन यादवको आग्रह

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेता कार्यकर्ताहरुलाई संकेत गर्दै पार्टी विना हिचकिचाहट आउन आग्रह गरेका छन् ।

अध्यक्ष यादवले आज एक विज्ञप्ती नै जारी गरी जसपाका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन उनले आह्वान गरेका हुन् ।

प्रतिगामी शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले जसपा विरुद्ध लागेर फुटाउ र राज गरको नीति अनुरुप सक्रिय रहेको बताएका यादवले विज्ञप्तीमा भनेका छन्, ‘पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जसपामा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’

देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यलाई मुर्तरुप दिन गम्भिर रुपले लाग्न जरुरी रहेको भन्दै यादवले सबैलाई पार्टीमा आउन आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर