आफ्नो चाहाना पार्टी एकता भएकोले अधिवेशन प्रक्रिया रोक्न नेपाल पक्षको माग — OSNepal

आफ्नो चाहाना पार्टी एकता भएकोले अधिवेशन प्रक्रिया रोक्न नेपाल पक्षको माग

LC (KTM) August 05, 2021 0

काठमाडौँ २१ साउन । नेकपा एमालेका वरिष्ट नेता माधव नेपाल पार्टी एकता नै आफ्नो चाहाना भएको बताएका छन् ।

आज बिहिबार नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बैठकमा नेपाल पक्षले पार्टीको अधिवेशन प्रक्रिया रोक्न समेत माग गरेको छ । पार्टी एकताको पक्षमा रहेका पार्टीका एकताको लागि गठित कार्यदलको संयोजन उपाध्यक्ष भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुसँग आग्रह गरेका छन् ।

१० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग रहेको छ ।

केहि दिन यता नेपाल समुहको बैठकमा सहभागी नभएका रावल आजको बैठकमा भने सहभागी भएका थिए । उनले पार्टी फुटाउन खोजे नेपाललाई साथ नदिने पनि स्पष्ट पारिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर