'सरकारी फण्डा दिनै दिन उठौं जागौं भूमिहिन' भन्दै भूमिसम्बन्धी आयोग खारेजको विरोधमा प्रदर्शन — OSNepal

‘सरकारी फण्डा दिनै दिन उठौं जागौं भूमिहिन’ भन्दै भूमिसम्बन्धी आयोग खारेजको विरोधमा प्रदर्शन

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) को भ्रातृ संगठन युवासंघले प्रदर्शन गरेको छ ।

आज बिहिबार तत्कालिन केपी ओली सरकारले ल्याएको भूमिसम्बन्धी समस्या समाधान आयोग वर्तमान सरकारले खारेज गरेपछि काठमाडौं जडीबुटी क्षेत्रमा युवा संघले विरोधमा प्रदर्शन गरेको हो ।

प्रर्दशनकारीले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर, सरकारी फण्डा दिनै दिन उठौं जागौं भूमिहिन लेखेको प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए ।

मंगलबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यसको विरोध जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर