काठमाडौं २१ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।
आज बिहिबार प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले एक विज्ञप्ती जारी गरी गरी यसको जानकारी गराएका हुन् ।
प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको जारी विज्ञप्तमिा भनिएको छ ।