पेस्तोल र ४ राउण्ड गोलीसहित सामाखुसी बस्ने बिकेस मगरसहित तिन जना पक्राउ — OSNepal

पेस्तोल र ४ राउण्ड गोलीसहित सामाखुसी बस्ने बिकेस मगरसहित तिन जना पक्राउ

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । विभिन्न हातहतियार सहित प्रहरीले तिनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं थानकोट बस्ने धादिङ गल्छी गाउँपालिका २ घर भएका १९ वर्षीय सुजन मगर, सोही ठाउँ बस्ने २५ वर्षीय ईश्वर मगर र काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने धादिङ गल्छी गाउँपालिका २ घर भएका २६ वर्षीय बिकेस मगर रहेका छन् ।

काठमाडौं स्थित गोंगबुबाट निजहरुको साथबाट चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको गोली ४ राउण्ड र १ थान म्याग्जिन सहित तिन जनालाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुशधान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर