वली बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ? उहाँकै राजीखुसीमा मुख्यमन्त्रीको निवास लगेको हो :भूमिश्वर ढकाल — OSNepal

वली बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ? उहाँकै राजीखुसीमा मुख्यमन्त्रीको निवास लगेको हो :भूमिश्वर ढकाल

LC (KTM) August 05, 2021 0

काठमाडौँ १ साउन । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा मुख्यमन्त्रीको निवास लगेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै वलीले आफुलाई झुक्याएर मुख्यमन्त्रीको शंखर पोखरेलको घर लगेको खुलासा गरेपछि ढकालले यसको खण्डडन गरेका हुन् ।

ढकालले भनेका छन्, ‘हामी बुटवल जान भनेर हिंड्यौं । बुटवल आउने बेला हाम्रो गाडीमा उहाँमात्रै हुनुहुन्थेन । उहाँको आमा र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । इमिलिया पुगेर खाना खायौं । त्यसपछि बुटवलतर्फ लाग्यौं’ ।

‘उहाँलाई जबर्जस्ती ल्याइएको होइन । उहाँ बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ? घरपरिवार समेतको सल्लाहमा, सहमतिमा, नयाँ कपडा लगाएर, झोला भिरेर हिंड्नु भएको थियो ‘।

हामीले मुख्यमन्त्री निवासमा पुर्याऔं । राजीखुसीले विज्ञप्ति बनाउनुभयो र हस्ताक्षर गर्नुभयो । सभामुखलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा पनि चिठी लेखेर हस्ताक्षर गर्नुभयो ।

मुख्यमन्त्रीको निवासमा बसेर सबै कुरा मिलिसकेपछि उहाँलाई होटलमा बसौं भन्ने कुरा भयो । तर उहाँले होइन, होटलमा किन बस्नुपर्यो र यहिं बस्छु, उहाँ (मुख्यमन्त्री शंकर पोखरेल) हाम्रो अभिभावक हो, दाङकै नेता हो भन्नुभयो ।

ढकालले भनेका छन् ,’हामीले यहाँ बस्दा अप्ठ्यारो लाग्ला भनेर सरस्वती जीलाई सँगै राखेको हो । सरस्वती जी पनि दाङकै नेता हो, माननीय हो । मुख्यमन्त्रीको निवासमा आउने बस्ने गर्नुहुन्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर