धरौटी बुझाएर सभापति लामिछाने रिहा — OSNepal

धरौटी बुझाएर सभापति लामिछाने रिहा

LC (KTM) January 15, 2025 0

काठमाडौँ, २ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।

आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर