भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विश्व चर्चित कथावाचिका देवी प्रतिभालाई सम्मान गरेकी छिन् । चितवनको देवघाटमा आजबाट शुरु भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आएकी ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाइ भरतपुर महानगरपालिकाले स्वागत तथा सम्मान गरेको हो । सो अवसरमा महनगर प्रमुख दाहालले देवी प्रतिभा हाम्रो देशको गौरव भएको उल्लेख गर्दै अझै प्रगतिको कामना गरिन् । भरतपुर महनगरले जनचाहना अनुरुपको बिकासका कामलाइ प्राथमिकता दिएको उल्लेख गर्दै भरतपुर क्षेत्रको प्रचार र प्रवर्दनमा भुमिका खेल्न आग्रह पनि गकी छिन् । सो अवसरमा देवी प्रतिभाले भरतपुर टेक्ने बित्तिकै बिकासको गति देखेर आफू खुशी भएको प्रतिक्रिया दिइन् । उनले मेयर दाहाललाई सधै जनताको प्यारो बन्न शुभकामना पनि दिइन् ।
देवघाट महामहोत्सवका परिकल्पनाकार इश्वरकृष्णजी महाराजले देवी प्रतिभा र भरतपुरकी मेयर रेनु दाहाल दुवै यो युगको शक्तिशाली व्यक्तित्व भएको उल्लेख गर्दै देश बिकासमा ठूलो भूमिका खेलेको चर्चा गरेका थिए । देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा केशव भुर्तेलसे जानकारी दिए ।
देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा ईश्व्रकृष्ण महाराजजी, ओम प्रकाश गुरु यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ । मघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दीर देवघाट दिव्य धाम मन्दीरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ । मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको रकम निर्माणाधिन मातापिता सेवा आश्रममा यो मसाचार तयार पार्दासम्म ५ तले ६ वटा भवनका १४१ कोठा करिब निर्माणको अन्तिम चरणमा रहेका छन् भने अन्य कोठाहरु बनाइने तयारी छ ।
६ वटा भवनमा गरेर कुल ३६५ कोठा बनाउने योजना मातापिता सेवा आश्रमको रहेको छ । सडकमा अलपत्र परेका बाबु आमालार्य सहारा दिँदै आएको माता पिता सेवा आश्रम देशकै ठूलो आश्रमका रुपमा निर्माण हुन लागेको हो । सेवा दिने सोचका साथ हुन लागेको उक्त महामहोत्सबमा आचार्य बालकृष्णजी महाराजको पनि उपस्थिती रहने बताइएको छ । देवघाटधाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने छ।