भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिन्छ : पौडेल — OSNepal

भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिन्छ : पौडेल

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ले भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिने बताएका छन् । आज बुधबार पौडेलको पक्षको नेताहरुको बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको बैठकमा पार्टीको महाधिवेशन समयैमा नै गर्नुपर्ने दवाव दिने जनाइएको थियो । तसर्थ, बैठक पछि पौडेलले भदौ २३ पछि केन्द्रीय समिति रहँदैन र यसको वैधानिकता सकिने बताएका हुन् । अ

हिले पनि क्रियाशील विवाद २ दिनमा टुङग्याए तोकिएको समयमा नै महाधिवेशन हुने बताएका पौडेलले भने, विशेष महाधिवेशन हाम्रो रहर हैन् , यो कुनै पनि अवस्थामा नभएमा मात्र विशेष महाधिवेशन भनिएको हो ।” बैठकमा १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर