देवघाट महामहोत्सवका लागि नेपाल आईपुगिन् देवी प्रतीभा — OSNepal

देवघाट महामहोत्सवका लागि नेपाल आईपुगिन् देवी प्रतीभा

admin January 13, 2025 0

काठमाडौँ । विशव चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आईपुगेकी छिन् । माघ १ गतेबाट सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आएकी हुन् । आइतबार भारतबाट हिँडेकी उनी १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए । देवी प्रतिभाले आज दिउसो ३ बजे भरतपुर महानगरपालिका १ को ठिमुरा रिर्सोटमा प्रेस मिट आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतीभा १० दिनसम्म नेपालमा नै बस्ने कायृक्रम रहेको छ । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भर रहेका नेपालीहरुको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विशवकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन् ।देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा ईश्व्रकृष्ण महाराजजी, ओम प्रकाश गुरु यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ । मघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दीर देवघाट दिव्य धाम मन्दीरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।

मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको रकम निर्माणाधिन मातापिता सेवा आश्रममा यो मसाचार तयार पार्दासम्म ५ तले ६ वटा भवनका १४१ कोठा करिब निर्माणको अन्तिम चरणमा रहेका छन् भने अन्य कोठाहरु बनाइने तयारी छ । ६ वटा भवनमा गरेर कुल ३६५ कोठा बनाउने योजना मातापिता सेवा आश्रमको रहेको छ । जहाँ देश विदेशबाट साधुसन्त तथा भक्तजनहरुको ठूलो संख्यामा उपस्थिती रहने आयोजकले जनाएको छ । माघ महिनाभर चल्ने यस दिव्यधाम शिलान्यास, ऐतिहाँसिक मकरस्नान माघेमेलालाई सफल पार्नका आयोजकले सम्पूर्ण देशबासीहरुमा अपिल गरेको छ । सडकमा अलपत्र परेका बाबु आमालार्य सहारा दिँदै आएको माता पिता सेवा आश्रम देशकै ठूलो आश्रमका रुपमा निर्माण हुन लागेको हो । सेवा दिने सोचका साथ हुन लागेको उक्त महामहोत्सबमा आचार्य बालकृष्णजी महाराजको पनि उपस्थिती रहने बताइएको छ । कार्यक्रमको व्यबस्थापक भने आचार्य श्रीधर बस्याल रहेका छन् । परिवारविहिन हुँदै सडकमा अलपत्र पर्ने तथा अविभिावकविहिनहरुको घाउमा मलम लगाउने उदेश्यले यो महामहोत्सको परिकल्पना गरिएको हो । ठूलो क्षेत्रफलमा फैलिएको उक्त आश्रमको निर्माणको काम आर्थिक अभावले अलपत्र पर्ने डर बढेका बेला संकल्पकर्ता इश्वरकृष्ण महाराजजीले हिम्मत गरेर माघ महिना भरी नै कथावचानदेखि विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको आयोजकले जनाएको छ ।

आश्रय नपाएका र सहाराको खोजीमा रहेका १ हजार बुवा आमालाइ निशुल्क राख्ने गरि देबघाटमा बिशाल आश्रम निर्माणको परिकल्पना पक्कै पनि चानचुने कुरा होइन । यस्तो महान र पवित्र कामको सोच बनाउने महामानव हुनुहुन्छ पूज्य ईश्व्रकृष्ण महाराजजी । प्रशिद्ध कथावचाक ईश्व्रकृष्ण महाराजजी २०४३ सालमा पुश २६ गते पुत्रदा यकादशीका दिन पर्वतको त्रिबेणी गाँउ पालिमा वडा नं ३ मा बसोबास गर्ने एक सामान्य भुर्तेल परिवारमा माइलो सन्तानको रुपमा जन्म लिएका इन्द्रप्रसाद भुर्तेललाई एक कुशलकथावाचक यवम धार्मिक प्रबकताका रुपमा पूज्य ईश्व्रकृष्ण महाराजजी को नामले प्रसिद हुनुहुन्छ । उहाँले संकिृत ब्याकरणमा सास्त्रि सम्मको अध्ययन मात्रै गर्नु भएको छैन । सिंगों नेपाली समाजलाई नजिकबाट बुझेर यहाँको अवस्था र मातापिताको सेवा र आफ्नो जिन्दगीलार्य सर्मपण पनि गर्नु भएको छ ।

आज भन्दा २१ बर्ष अगि भारतको इलावादमा सम्पनन भएको अर्ध कुम्भ मेलामा बाल कथा बाचनको रुपमा कथा बाचन प्रारभ गर्नुभएका ईश्व्रकृष्णले अहिले सम्ममा नेपालका लग्भग ३० जिल्लामा धार्मिक अनुष्टा ,सक्षम , यवम कथाबाचन गरिसक्नुभएको छ । उहाँको यस्तै कोमल हृदय र असल नियतकै कारण १०० रुपैया भेटी चढाउन आएका भत्कजनहरु १००० रुपैया अपर्ण गरेर जाने गरेका छन् । यीनको कथाबाचन र भजनमा लठिने भत्कतजहरु बाट संकलित रकमहरु बाट ईश्व्रकृष्ण महाराजजी कति पय संमाजिक कार्यहरु सम्पनन गरिसकेका छन् भने कति पय आयोजनाहरु निर्माणधिन अबस्थामा रहेका छन् । प्रसिद धार्मिक स्थल देवघाटमा ४ परिवारालाई एकै पटक क्रिया गर्न मिल्ने गरि एक क्रिया पुत्रि भवन समेत बनाइ दिनुभएको छ खुला मन र ह्दयका धनी ईश्व्रकृष्ण महाराजजीले । त्यस्तै टिनले छाएको गोकणेश्वर माहादेव मन्दिरमा पनि पानि चुहेर पुजा अचर्नामा बाधा पुगिरहेको अबस्थामा गोकर्णमा सामुहिक पित्रि श्राद्धको आयोजना गरि त्यस बाट उठेको पैसाले पितल , तामा र सुन मिश्रित छानो बनाइदिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर