ललितपुर जिल्लाको गोदावरी नगरपालिका वार्ड नं. १४ मा सञ्चालित मामाघर आश्रम अब निर्माण हुने भएको छ । उक्त आश्रम निर्माणको लागि आगामी पौष २७ गते सनिवार शिलान्यास कार्यक्रम तय भएको छ ।
नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको उद्देश्य अनुरुप सनिवार भवनको शिलान्यास कार्यक्रमको आयोजना गरिएको आश्रमका संस्थापक अध्यक्ष यज्ञ शिरोमणी वालयोगेश्वर विजयश्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
वालयोगेश्वर महाराजका अनुसार २७ गते विहान ८ बजेर ४७ मिनेटमा शिलान्यासको कार्यक्रम रहेको छ । हाल मामाघर आश्रम गोदावरी नगरपालिका वार्ड नं. १४ बाँडेगाँउ ललितपुरबाट सञ्चालनमा रहेको छ । अब नयाँ भवन निर्माणको लागि गोदावरी नगरपालिका वार्ड नं. ३ तानचिनटारमा शिलान्यास हुँदै छ ।
मामाघर आश्रममा अहिले २५ जिल्लाका ८४ जना अभिभावक विहिन बालबालिकाहरुले नियमित निःशुल्क गाँस,बास,कपास,शिक्षा र स्वास्थ्यको सेवा प्राप्त गरिरहेका छन् ।