भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नं. ९ ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रम अब निर्माण हुने भएको छ । उक्त आश्रम निर्माणको लागि आगामी पौष २७ गते सनिवार शिलान्यास कार्यक्रम तय भएको छ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको उद्देश्य अनुरुप सनिवार भवनको शिलान्यास कार्यक्रमको आयोजना गरिएको आश्रमका संस्थापक अध्यक्ष यज्ञ शिरोमणी वालयोगेश्वर विजयश्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
वालयोगेश्वर महाराजका अनुसार २७ गते विहान ११ बजेर ५८ मिनेटमा शिलान्यासको कार्यक्रम रहेको छ ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रममा अहिले विभिन्न जिल्लाका १ दर्जनबढी ज्येष्ठ नागरिक आमाबुवाले नियमित निःशुल्क गाँस,बास,कपास, र स्वास्थ्यको सेवा प्राप्त गरिरहेका छन् ।