भिटेन शैलीमा गायक दुर्गेश थापा, लोक दोहोरी प्रतिष्ठानको बहिष्कार बिरुद्ध बहिष्कार शिर्षक मै अर्काे गीत ल्याउने घोषणा — OSNepal

भिटेन शैलीमा गायक दुर्गेश थापा, लोक दोहोरी प्रतिष्ठानको बहिष्कार बिरुद्ध बहिष्कार शिर्षक मै अर्काे गीत ल्याउने घोषणा

LC (KTM) August 05, 2021 0

पछिल्लो समय बिबादमा तानिदै गएपछि युवा पूस्ताले रुचाएका गायक तथा मोडल दुर्गेश थापा र्यापर भिटेनकै शैलीमा देखिन थालेका छन् । उनको बिच्च बिच्चमा ४ मा ख्यास्स पुतली शब्द प्रयोग प्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाउँदै हटाउन भनेको थियो ।

तर गायक दुर्गेशले प्रतिष्ठानलाई बालै नदिए पछि प्रतिष्ठानले बाध्य भएर बहिष्कार गर्ने आधिकारीक निर्णय नै गरिसकेको छ । भिटेन पनि एक पटक प्रहरी खोरमा पुगे पछि प्रहरीले पक्राउ गरेकै बिषयमा अर्काे गीत गाएर झन् चर्चामा आए । उनले गीत मार्फत नै बिरोध गरेका थिए । ठिक यहि शैलीलाई दुर्गेशले पछ्याएका छन् ।

अब प्रतिष्ठानले गरेको बहिष्कारको बिषयलाई नै लिएर उनले गीत ल्याउने आधिकारीक घोषणा नै गरेका छन् । फेसबुक पेजमा ‘बहिष्कार’ लेखिएको पोस्टर सार्वजनिक गर्दै उनले आफूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिष्कार गर्ने निर्णयप्रति आफ्ना भनाईहरु समेत राखेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘म चाहन्छु, मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस्, तर आज मेरो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइरहँदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गीतलाई स्वतन्त्र छोडिएको छ।’ थापाले आफ्नो गीत लाई षडयन्त्र पुर्वक अश्लिलको परिभाषा दिएर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको आरोप लगाएका छन्।

त्यति मात्र हैन दुर्गेशले अगाडि गाइएका लोक गीतहरु हेर्न र ति गीतहरुलाई पनि हटाएर देखाउन प्रतिष्ठानलाई चुनौती दिएका छन् । बद्रि पंगिनी, प्रजापति पराजुली, कोमल ओली, कुमार बस्नेत लगायतका दिग्गज कलाकारले गाएको गीतलाई बेवास्ता गरी आफ्नो गीत अश्लील भन्नु आपत्ति जनक रहेको दाबी समेत गरेका छन् । उनको यो गीत सार्वजनिक गर्न केही दिन लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर