‘क्यानडा समिट २०२५’ को विशेष कार्यक्रम आज बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म — OSNepal

‘क्यानडा समिट २०२५’ को विशेष कार्यक्रम आज बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म

admin January 09, 2025 0

काठमाडौं । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि लक्षीत गरेर ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ।

आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए। कार्यक्रम आइसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।

कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने मौका प्राप्त हुनेछ।

सहभागीले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने आइसीसीसीको दाबी छ।

समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर