प्रदेशसभा सदस्य विमला वलीको खुलासा : आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा ‘बन्धक’ बनाएर राखियो — OSNepal

प्रदेशसभा सदस्य विमला वलीको खुलासा : आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा ‘बन्धक’ बनाएर राखियो

LC (KTM) August 05, 2021 0

काठमाडौँ २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको राखेको खुलासा गरेकी छन् । हिजो बुधबार मात्र आफुलाई नेपालगञ्जतिर जाने भन्दै बुटवल लगेको बताएकी वलीले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएकी हुन् ।

गत साउन १५ गते आफ्नै निवास पुगेका एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउतले आफुलाई एमालेका आउन दवाव दिएपछि आफु नजाने अडान लिएपछि अस्पताल जान लागेको समयमा हामीहरु पनि त्यतै जान लागेको बताउँदै गाडीमा बस्न आग्रह गरेपछि विश्वासले आफु बसेको तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको पत्रकार सम्मेलनमा वलीले बताएकी हुन् ।

उनले अघि भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’

मुख्यमन्त्री पौडेलले पनि गल्ती भयो अब एमालेमा नै आगउन आग्रह गर्दा आफुले इन्कार गरेपछि साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको वलीको आरोप रहेको छ ।

थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको बताएकी उनले भनिन् , ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो थाहा छैन ।’

त्ययसपछि झन् कडाइका साथ आफुलाई मुख्यमन्त्री पोखरेलको निवासमा राखेका बताएकी उनले भनिन्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।’

आफुले अब यहाँबाट जसरी जानुपर्छ भन्ने सोच आएपछि मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर