अब आउने चुनावमा ओली बयलगाढा चिन्ह लिएर चुनाव लड्नेछन् — OSNepal

अब आउने चुनावमा ओली बयलगाढा चिन्ह लिएर चुनाव लड्नेछन्

LC (KTM) August 05, 2021 0

काठमाडौं २१ साउन । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरु एमालेमै रहेर संघर्ष गर्ने बताएका छन् ।

वरिष्ठ नेता माधव नेपाल समुहको केन्द्रिय बैठक सुरु हुन बुद्धनगरस्थित् क्वालिटी पार्टी प्यालेसमा नेता चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टी एकताको लागि नेपाललाई दोस्रो तहमा नेताहरुले दवाव दिएपनि नेपाललाई पार्टीमा वारपार गर्न तेस्रो र चौथौ तहका नेताहरुले साथ दिँदै आएका छन् ।

अहिले केहि बेरमा सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी सदस्यहरु छलफलमा जुट्दै गर्दा चौधरीले आफु एमालेमै बसेर संघर्ष गर्ने बताएका हुन् । आजको बैठकमा अब एमालेलाई कसरी लैजाने कुन बाटोबाट लैजाने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

‘यसको लागि सुरुमा कमरेड माधव कुमार नेपालले आफ्ना कुरा राख्नुहुन्छ । त्यसपछि कार्यदलबाट एक जना सदस्यले अहिलेसम्म भए गरेका प्रगतिको विषयमा कुरा आउँछ, र त्यसपछि केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना विचारहरु राख्नुहुन्छ । अब के गर्ने ? र कुन बाटोबाट जाने भन्ने धारणा राख्छौं । आज हामी एउटा निश्कर्षमा पुग्छौं । उनले अघि भने, सम्भवतः केपी ओलीले डिक्लियर नगरेपनि अब नेकपा एमालेलाई मिल्न नदिने पोसिजनमा, त्यो पक्षमा र मनोविज्ञानमा उहाँ पुगिसक्नुभएको छ । र, उहाँले डिक्लियर नगर्दासम्म हामीले पनि अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने लागेको छैन् । जब उहाँले डिक्लियर गर्नुहुन्छ, त्यसबेला हामीले जे जे कानूनी प्रावधानलाई मध्येनजर गरेर अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने ठाउँमा पनि पुग्नुपर्छ । र, पुग्छौं । अर्को पार्टी नबनाउँदासम्म हामीले एमालेमै रहेर आफ्ना क्रियाकलापहरु अघि बढाउँछौं ।’

ओलीले एमालेलाई एक हुन नदिएको आरोप लगाएका उनले अब आउने चुनावमा बयलगाढा चिन्ह लिएर चुनाव लड्ने छन् भने, पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (केपी ओली) राख्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर