काठमाडौँका अधिकांश ठाउँमा खानेपानीका पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा — OSNepal

काठमाडौँका अधिकांश ठाउँमा खानेपानीका पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा

LC (KTM) January 05, 2025 0

काठमाडौँ, २१ पुस : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका अधिकांश ठाउँमा खानेपानीका नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नयाँ पाइपलाइन बिच्छ्याइएका ठाउँमा चाँडै मेलम्चीको पानी बितरण गरिने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “पाइपलाइन वितरणको कार्य सकिएर परीक्षणको काम हुँदैछ ।” एक महिलाभित्र काठमाडौँ उपत्यकाभित्र नयाँ पाइपलाइन विस्तार गरिएको क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने उहाँले दाबी गर्नुभयो । पाइपलाइनबाट भइरहेको पानी चुहावट रोक्न मातहतका निकायलाई निर्देशन दिएको मन्त्री यादवले बताउनुभयो ।

“सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइप भत्काइएका र फुटाइएका छन् । सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा खानेपानी वितरण प्रक्रियामा कठिनाइ उत्पन्न भएको छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर