अध्यक्ष नेपाल र संयोजक वामदेव गौतमबीच भेटवार्ता — OSNepal

अध्यक्ष नेपाल र संयोजक वामदेव गौतमबीच भेटवार्ता

LC (KTM) December 30, 2024 0

काठमाडौँ, १५ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज भएको उक्त भेटवार्तामा पार्टी एकताका लागि वैचारिक दृष्टिकोण, एकतापछि नेताहरुको जिम्मेवारी व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको थियो ।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि दुवै नेताहरुले गरेका प्रयास, कार्यदिशा तयार गर्नेलगायत विषयमा छलफल भएको पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । जनताको बहुदलीय जनवाद पार्टीको मार्ग दर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मुल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने तथा एकता प्रकृयालाई दीर्घकालीन बनाउन उहाँहरूबीच छलफल भएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिकरुपमा निकट रहेका समूहहरुलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर