प्रहरीमा जागिर लगाइदिन्छु भन्दै घुस लिने र दिने ६ जना पक्राउ — OSNepal

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै घुस लिने र दिने ६ जना पक्राउ

LC (KTM) August 05, 2021 0

काठमाडौँ २१ साउन । प्ररहीमा जागिर खुवाइदिन्छु भन्दै घुस लिने दिने दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरस्थित प्रदेश १ प्रहरी तालिम केन्द्रमा जवानको अन्तर्वार्ता परीक्षा उत्तीर्ण गराइदिने भन्दै घुस लिने र दिने ६ जनालाई प्रदेश १ प्रहरी तालिम केन्द्रले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमाधनकुटा साँगुरीगढी गाउँपालिका ८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र धनकुटा सहिद भूमि गाउँपालिका ३ का २१ वर्षीया खापाङ रहेका छन् ।

त्यस्तै, भोजपुर पौवादुङमा गाउँपालिका ६ का २३ वर्षीय सूर्य राई, सोही ठाउँका २२ वर्षीय संगम राई र १९ वर्षीय सागर राई छन् ।

पक्राउ परेका सूर्य, खापाङ र राजकुमारले प्रहरी जवानान भर्ना हुन चाहेका संगम, सागर र सरोजबाट घुस लिएका थिए । उनीहरुलाई जिल्ला प्रहरी मोरङको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर