मंगलबार देउवा सरकाले भूमि आयोग खारेज गरेपछि सुकुम्बासी सहित महेश बस्नेतको नेतृत्वले काठमाडौंमा प्रदर्शन गर्दै — OSNepal

मंगलबार देउवा सरकाले भूमि आयोग खारेज गरेपछि सुकुम्बासी सहित महेश बस्नेतको नेतृत्वले काठमाडौंमा प्रदर्शन गर्दै

LC (KTM) August 05, 2021 0

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेपछि यसको विरोध भइरहेको छ । यसैबिच यसैको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुन लागेको हो ।

काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको बताइएको छ । देउवा नेतृत्वको सरकारले लाखौँ भूमिहीन, सुकुम्बासीलगायतका नागरिकलाई लालपुर्जा दिनुपर्ने अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोगलाई नै विघटन गरेर समस्यालाई थप जटिल बनाएको आरोप एमालेले लगाएको छ ।

यता नेपाली काँग्रेसका नेता गगन थापाले आयोग खारेज भएपनि सुकुम्बासीलाई जग्गा दिने काम बन्द नभएको बताएका छन् । उनलेले जग्गा दिन आवश्यक पहिचान गरेकाहरूलाई जग्गा दिइने व्यवस्था सरकारले मिलाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर