मलङ्गवा (सर्लाही), १२ पुस : मधेस प्रदेशका मुुख्यमन्त्री सतीशकुमार सिंहले अस्पतालको सेवा, सुविधा र गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुुभएको छ । आज प्रादेशिक अस्पताल मलङ्गवाको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले स्वास्थ्यकर्मीलाई भगवान् रुपी संज्ञा दिएकाले त्यसैअनुसार काम गर्न आग्रहसमेत गर्नुभयो ।
मलङ्गवा प्रादेशिक अस्पतालले हाल प्रदान गरिरहेको नागरिकमैत्री सेवालाई कायम राख्न जस्तोसुकै समस्या पर्दा सहयोग गर्न प्रदेश सरकार तत्पर रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
प्रदेश सरकारको तीन करोड आठ लाख लागतमा निर्माण सम्पन्न तीनतले अस्पताल भवनको मुुख्यमन्त्री सिंह र प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुुधनप्रसाद सिंहले संयुक्त रुपमा आज उद्घाटन गर्नुुभएको थियो ।
आर्थिक वर्ष २०७८/७९ देखि निर्माण सुरु भएको उक्त भवन आव २०८०/८१ मा निर्माण सम्पन्न भएको थियो । प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् ।