गगन थापा भन्छन् 'कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज भएको हो, सुकुम्बासीले जग्गा पाउँछन् ढुक्क हुनुहोस' — OSNepal

गगन थापा भन्छन् ‘कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज भएको हो, सुकुम्बासीले जग्गा पाउँछन् ढुक्क हुनुहोस’

LC (KTM) August 05, 2021 0

काठमाडौं -नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको बताएका छन् । एमालेका नेता देवी ज्ञवालीको अध्यक्षतामा रहेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेर विवाद आएपछि थापाले यस्तो बताएका हुन् ।

थापाले आयोग खारेज भएपनि सुकुम्बासीलाई जग्गा दिने काम बन्द नभएको बताएका छन् । उनले जग्गा दिन आवश्यक पहिचान गरेकाहरूलाई जग्गा दिइने व्यवस्था सरकारले मिलाउने थापाले बताए ।

‘जति सुकुम्बासीलाई जग्गा दिन भनेर पहिचान भएको छ, उनीहरूलाई अबको १२ देखि १५ महिना भित्रमा उनीहरूलाई जग्गा प्राप्तिबारे सरकारले आजभोलि नै निर्णय गर्ने भएकाले ढुक्क हुन आग्रह गरेका छन् ।मंगलबार बसेको मन्त्रिपरिषदले  भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर